आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोकको तिलावत(पाठ) गर्नुभयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७], आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो श्लोक पढ्नु भयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन्} । यस श्लोकमा, सर्वशक्तिमान अल्लाहले भन्नुभयो: उहाँ नै हुनुहुन्छ जसले आफ्नो नबीमाथि कुर्आन अवतरण गर्नुभयो, जसमा स्पष्ट अर्थ भएका श्लोकहरू छन्, जसका नियमहरू सुस्पष्ट छन् र तिनीहरूमा कुनै भ्रम छैन । यी श्लोकहरू कुर्आनका मूल आधार हुन्, मतभेद र असहमतिको अवस्थामा यिनै अनुसार निर्णय गर्नुपर्छ । जबकि केही श्लोकहरू यस्ता छन्, जसमा एकभन्दा बढी अर्थको सम्भावना पाइन्छ, केही मानिसहरूलाई तिनीहरूको अर्थ बुझ्न गाह्रो हुन्छ वा तिनीहरू अन्य श्लोकहरूसँग विरोधाभास छ भन्ने ठान्छन्। त्यसपछि अल्लाहले मानिसहरूले यी श्लोकहरूसँग कसरी व्यवहार गर्छन् भन्ने कुरा बताउनुभएको छ: जसको हृदय टेढोपन र रोगले भरिएको छ, तिनीहरूले स्पष्ट श्लोकहरू छोड्छन् र एक भन्दा बढी अर्थ भएका सम्भाव्य श्लोकहरू लिन्छन्, र यसबाट शङ्का उत्पन्न गर्न र मानिसहरूलाई भ्रमित पार्न खोज्छन् र यसरी, तिनीहरूले आफ्नो इच्छा अनुसार व्याख्या गर्न खोज्छन् । यसको विपरित ज्ञानमा दृढ भएकाहरूले यी सम्भाव्य श्लोकहरू बुझ्छन् र यसलाई स्पष्ट आयतसँग सम्बन्धित गर्छन् र त्यसमाथि विश्वास गर्छन् र सम्पूर्ण श्लोकहरू अल्लाहबाटै आएका हुन् भनेर स्वीकार गर्छन्, र श्लोकहरू कुनै अस्पष्टता वा विरोधाभास हुन सक्दैन भन्ने कुरामा विश्वास राख्छन् । तर यसबाट शिक्षा लिने र सचेत हुने केवल बुद्धिमान मानिसहरू मात्र हुन्छन् । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई भन्नुभयो : जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब (बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर यो भन्दै {अनि जुन मानिसहरूको हृदय विकृत छन} चेतावनी दिएका छन्, तिनीहरूबाट सावधान रहनु र तिनीहरूका कुराहरू नसुन्नु।"

explain-icon

fawaed

  • कुरआनको "मुहकम" विशिष्ट श्लोकहरू भनेको ती श्लोकहरू हुन्, जसको अर्थ स्पष्ट र सटीक हुन्छ। जबकि "मुताशबीह" ती श्लोकहरू हुन् जसको एकभन्दा बढी अर्थ हुने सम्भावना हुन्छ र जसलाई बुझ्न गहिरो अध्ययन र समझको आवश्यकता हुन्छ ।
  • पथभ्रष्ट, भ्रमित, विधर्मी (विदअती) र व्यक्तिलाई भ्रममा पार्न शङ्का सिर्जना गर्नेहरूसित संगत गर्न निषेध छ ।
  • आयतको अन्त्यमा अल्लाहको भनाइ , {केवल ज्ञानीहरूले शिक्षा पाउँछन्} मा भ्रामकहरूको निन्दा र दृढ ज्ञान भएकाहरूको प्रशंसा गरिएको छ । अर्थात्, जसले उपदेश ग्रहण गर्दैन, र आफ्नो इच्छालाई पछ्याउँछ, त्यो बुद्धिमानहरू मध्य होइन ।
  • मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउनाले हृदय विचलित हुन्छ र भ्रष्ट हुन्छ ।
  • मुतशाबिह (अनेकार्थ लाग्ने) श्लोकहरुलाई मुहकम ( स्पष्ट र सटिक) श्लोकहरुको अर्थको परिप्रेक्ष्यमा हेर्न र बुझ्न जरुरी छ ।
  • अल्लाहले मानिसहरूलाई जाँच्न र आस्थावान तथा पथभ्रष्ट मानिसहरूबीच छुट्याउन कुरआनका श्लोकहरूलाई स्पष्ट र सटिक अर्थ र केहीलाई अनेकार्थ भएका बनाउनु भएको छ ।
  • कुर्आनमा अनेकार्थ भएका (मुताशाबिह ) श्लोकहरू हुनुको कारण: अन्य मानिसहरूको तुलनामा विद्वानहरूको श्रेष्ठतालाई देखाउनु र मानिसहरूको बुद्धि सीमित छ भन्ने कुरा बुझाउनु हो। ताकि मानिसहरू आफ्नो सिर्जनाकर्ता समक्ष आत्मसमर्पण गरून् र आफ्नो अक्षमता स्वीकार गरून् ।
  • यसमा ज्ञानमा दृढताको महत्त्व र त्यसमा अडिग रहनुको आवश्यकता स्पष्ट पारिएको छ।
  • अल्लाहको भनाइ { وما يعلم تأويله إلا الله والراسخون في العلم } मा अल्लाह शब्दमा रोकिने बारे व्याख्याकर्ताहरूका दुईवटा मत छन्: एउटा मत यो हो कि श्लोक पढ्दा खेरि (अल्लाह) शब्द मा "वक्फ" अथवा रोक्नु पर्ने छ। यिनीहरूको दृष्टिकोणमा तावील { تأويل } भनेको कुनै कुराको सत्यता र वास्तविकताको ज्ञान हो जसलाई मानिसले जान्न असम्भव छ, जस्तै आत्मा र प्रलयको दिन आदिको ज्ञान, जसको बारेमा केवल अल्लाहलाई ज्ञान छ । दृढ ज्ञान भएका विद्वानहरू यी कुराहरूमा आस्था राख्छन् तर त्यसको वास्तविकता र कैफियत अल्लाहलाई सुम्पन्छन् । यसरी तिनीहरू (झूटा व्याख्याबाट) बच्छन् र (अरूलाई भ्रमबाट) बचाउँछन् । आर्को मत यो हो कि श्लोक पढ्दा खेरि (अल्लाह) शब्द मा "वक्फ" अथवा रोक्नु पर्ने छैन र यसलाई मिलाएर पढिनेछ, उनीहरूको नजरमा तावील { تأويل } भनेको तफसीर र व्याख्या हो । अर्थात् यी श्लोकहरुको व्याख्या र अर्थ अल्लाहलाई थाहा छ र जो ज्ञानमा परिपक्व छन् उनीहरूलाई पनि थाहा छ, जसले स्पष्ट श्लोकहरुको प्रसङ्गमा त्यसको व्याख्या गर्छन् र तिनीहरूमा विश्वास गर्छन्।