जब तिमीले मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्ने मानिसहरूलाई देख्नेछौ, तब बुझ्नु, कि अल्लाहले यिनीहरुकै नाम लिएका छन् र यस्ता मानिसहरूबाट टाढा रहनु...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोक{उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ लाग्ने आयतहरूको पछि लाग्छन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कोही जान्दैनन् । तर ठोस र परिपक्व धर्मगुरू भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७] को तिलावत(पाठ) गर्नुभयो । आइशा (रजियल्लाहु अन्हा) बताउँछिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्ने मानिसहरूलाई देख्नेछौ, तब बुझ्नु, कि अल्लाहले यिनीहरुकै नाम लिएका छन् र यस्ता मानिसहरूबाट टाढा रहनु ।
सही - मुत्तफकुन अलैहि

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्छन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कोही जान्दैन । तर ठोस र परिपक्व धर्मगुरू भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।} को तिलावत गर्नुभयो । यसमा, सर्वशक्तिमान अल्लाहले भन्नुभयो, उहाँ नै हुनुहुन्छ जसले आफ्नो नबीमाथि कुर्आन अवतरण गर्नुभयो, जसमा केही स्पष्ट श्लोकहरू छन्, जसका नियमहरू स्पष्ट छन् र तिनीहरूमा कुनै भ्रम छैन । यी पदहरू कुर्आनका आधर हुन् । मतभेद र असहमतिको अवस्थामा यी स्पष्ट आयतहरू अनुसार निर्णय गर्नुपर्छ । जबकि केही पदहरू यस्ता छन्, जसमा एकभन्दा बढी अर्थको सम्भावना पाइन्छ । केही मानिसहरूलाई तिनीहरूको अर्थ बुझ्न गाह्रो हुन्छ वा तिनीहरू सोच्छन्, यी पदहरू अन्य पदहरू विपरीत छन् । त्यसपछि अल्लाहले यी पदहरूसंग मानिसहरूले गर्ने व्यवहारको व्याख्या गर्नुभयो । जसको हृदय टेढोपन र रोगले भरिएको छ, तिनीहरूले स्पष्ट पदहरू छोड्छन् र सम्भवतः एक भन्दा बढी अर्थ लाग्ने पदहरू लिन्छन् । तिनीहरूको उद्देश्य शंका फैलाउने र मानिसहरूलाई भ्रमित गर्ने हो । यसरी, तिनीहरूले आफ्नो इच्छा अनुसार व्याख्या गर्न खोज्छन् , यसको विपरित, जो ज्ञानमा दृढ छन् उनीहरूले एक भन्दा बढी अर्थ लाग्ने पदहरू बुझ्छन् र तिनीहरूलाई स्पष्ट आयतहरू तिर फर्काउँछन्, ती श्लोकहरूमा विश्वास गर्छन् र सम्पूर्ण आयातहरू अल्लाहबाट आएका हुन् भनेर स्वीकार गर्छन्, त्यसैले तिनीहरू बीच कुनै विवाद छैन र विरोधाभास असम्भव छ । तर असल र विवेकशील मानिसहरूले मात्र यसबाट लाभान्वित हुन्छन् । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई भन्नुभयो : यदि मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको खोजीमा वा त्यसको पछि लाग्ने मानिसहरूलाई देख्नेछौं भने, तब जान्नु कि यी मानिसहरू हुन् जसको नाम अल्लाहले यस पदमा उल्लेख गर्नुभएको छ । त्यसैले तिनीहरूबाट टाढै बस्नु र तिनीहरूका कुराहरू नसुन्नुहोस् ।

  1. कुरआनको मुहकम विशिष्ट पदहरू भनेको ती पदहरू हुन्, जसको अर्थ स्पष्ट र सटीक छ । जबकि मुताशबीह ती पदहरू हुन् जसको एकभन्दा बढी अर्थ हुने सम्भावना छ र जसमा सावधानीपूर्वक ध्यान र चासोको आवश्यकता छ ।
  2. पथभ्रष्ट, भ्रमित, विधर्मी (विदअती) र जनतालाई भ्रममा पार्न भ्रम सिर्जना गर्नेहरूसित संगत गर्न निषेध ।
  3. आयतको अन्त्यमा, "केवल ज्ञानीहरूले शिक्षा पाउँछन्" भनेर भ्रामकहरूको निन्दा र दृढ ज्ञान भएकाहरूको प्रशंसा गर्दछ । अर्थात्, जसले उपदेश ग्रहण गर्दैनन् र आफ्नो इच्छालाई पछ्याउँछ, त्यो बुद्धिमान होइन ।
  4. मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्नु हृदयको टेडोपना रोगले गर्दा हो ।
  5. मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूलाई मुहकम (एकदमै स्पष्ट) पदहरूको प्रकाशमा हेर्न र बुझ्न आवश्यक छ ।
  6. अल्लाहले मानिसहरूलाई जाँच्न र आस्थावान तथा पथभ्रष्ट मानिसहरूबीच छुट्याउन कुरआनका केही पदहरूलाई स्पष्ट र केही अस्पष्ट बनाउनु भएको छ ।
  7. कुरआन भित्र मुताशाबिह पदहरू भनेको वास्तवमा सामान्य मानिसहरूको तुलनामा ओलमा (विद्वान) हरूको श्रेष्ठता देखाउन र मानिसहरूलाई उनीहरूको बुद्धिको कमीप्रति सचेत गराउनु हो । ताकि तिनीहरू आफ्नो प्रभुको अधीनमा बसून् र आफ्नो अक्षमता स्वीकार गरून् ।
  8. ज्ञानमा परिपक्वताको श्रेष्ठता र यसमा अडिग रहनु आवश्यक छ ।
  9. अल्लाहको भनाइ { وما يعلم تأويله إلا الله والراسخون في العلم } मा अल्लाह शब्दमा रोकिने बारे व्याख्याकर्ताहरूका दुईवटा मत छन्: एउटा (अल्लाह) शब्द मा वक्फ गर्ने अथवा रोकिने हुन् भने। यिनीहरूको दृष्टिकोणमा तावील { تأويل } भनेको कुनै कुराको सत्यता र वास्तविकताको ज्ञान हो जसलाई मानिसले जान्न असम्भव छ, जस्तै आत्मा र प्रलयको दिन आदिको ज्ञान, जसको ज्ञान अल्लाहमा मात्र सीमित छ । गहिरो ज्ञान भएका विद्वानहरू यी कुराहरूमा आस्था राख्छन् तर त्यसको वास्तविकता र कैफियत अल्लाहलाई सुम्पन्छन् । यसरी तिनीहरू (झूटा व्याख्याबाट) बच्छन् र (अरूलाई भ्रमबाट) बचाउँछन् । अर्कोतर्फ, जो (अल्लाह) शब्दमा रोकिदैनन् र यसलाई मिलाएर पढ्छन्, उनीहरूको नजरमा तावील { تأويل } भनेको तफसीर र व्याख्या हो । अर्थात् यी पदहरूको व्याख्या र अर्थ अल्लाहलाई थाहा छ र जो ज्ञानमा परिपक्व छन् उनीहरूलाई पनि थाहा छ, जसले स्पष्ट पदहरूको प्रकाशमा यसको व्याख्या गर्छन् र तिनीहरूमा विश्वास गर्छन् ।

Successfully sent!