रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मृत्युलाई न्यायको दिन भाले भेडाको रूपमा ल्याइनेछ, जसको रंग सेतो र कालो हुनेछ । त्यसपछि पुकारिनेछ: हे स्वर्गवासीहरू! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र हेर्नेछन् । उद्घोषकले तिनीहरूलाई सोध्नेछ: के तिमीहरूले यसलाई चिन्छौ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । सबैले (पहिले नै) त्यसलाई हेरेर चिनि सकेका थिए । त्यसपछि उद्घोषकले पुकार्नेछ : हे नरकवासीहरू हो ! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र हेर्नेछन् । उद्घोषकले सोध्नेछ: के तिमीहरूले यसलाई चिन्छौ ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । तिनीहरू सबैले (पहिले नै) त्यसलाई हेरेर चिनि सकेका थिए । त्यसपछि यो भेडालाई मारिनेछ र आवाज दिनेले भन्नेछन्– हे स्वर्गवासीहरू हो! अब तिमीहरू सधैंभरि बाँच्नेछौ, मृत्यु आउने छैन । हे नरकवासीहरु हो! अब तिमी सधैंभरि जीवित रहनेछौ र अब मर्ने छैनौ । मुमिन (विश्वासी) हरूले बढी आनन्द लिन सकुन् र काफिर (अविश्वासी) हरूले थप पीडा महसुस गर्न सकुन् भनेर यो घोषणा गरिनेछ । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत (श्लोक) पढ्नुभयो: {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरूअचेत अवस्थामा हुनेछन् र ईमान स्वीकार्ने छैनन् ।} [सूरह मर्यम : ३९] र न्यायको दिन, स्वर्गवासी र नर्कवासीहरूको बीच फैसला हुनेछ र प्रत्येक व्यक्ति आ-आफ्नो निवासमा जानेछ, जहाँ उनीहरू सधैं रहनेछन् । त्यस दिन, दुष्ट व्यक्तिलाई राम्रो काम नगरेकोमा र लापरवाह व्यक्तिलाई राम्रो काममा सक्रिय रूपमा सहभागी हुन नसकेकोमा सन्ताप एवं पछुतो हुनेछ ।