अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
सही - मुत्तफकुन अलैहि
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले कयामतको दिन पृथ्वीलाई आफ्नो मुट्ठीमा जम्मा गर्नुहुनेछ र आकाशलाई आफ्नो दाहिने हातमा तलमाथि गरी बेर्नुहुनेछ र यसलाई नष्ट गरेपछि भन्नुहुनेछ: म नै राजा हुँ! पृथ्वीका राजाहरू कहाँ छन्?!
fawaed
यसमा अल्लाहको प्रभुत्व र राज्य रहिरहनेछ र अरूको राज्य समाप्त हुनेछ भन्ने तथ्य बुझाइएको छ।
यसबाट अल्लाहको महिमा, उहाँको महान शक्ति, अधिकार र उहाँको पूर्ण प्रभुत्व स्पष्ट हुन्छ ।