रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू उहाँको सेवामा आए र तिनीहरूले मनमा उत्पन्न हुने खराब र घृणित कुराहरु बारेमा सोधे, जसलाई शब्दमा व्यक्त गर्न उनीहरूलाई गाह्रो महसुस भएको थियो। उहाँले भन्नुभयो: जुन कुराहरु तिमीहरूका मनमा उत्पन्न हुन्छ, त्यो स्पष्ट ईमान र विश्वास को प्रतीक हो, किनभने (त्यही सत्य विश्वास को कारणले) तिमीहरु शैतानबाट भ्रमित हुदैनौँ र (मनमा उत्पन्न हुने खराब) कुरालाई शब्दमा व्यक्त गर्न अप्ठ्यारो महसुस गर्छौं, यसले पुष्टि हुन्छ कि तिमीहरुको हृदय शैतानको वशमा छैन । किनभने जसको हृदय शैतानको नियन्त्रणमा हुन्छ, त्यो सित शैतानसँग लड्ने शक्ति हुँदैन ।