रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले शैतानले आस्थावानहरूको मस्तिष्कमा हाल्ने प्रश्नहरूको प्रभावकारी उपचारको वर्णन गर्नुभएको छ। शैतानले भन्छ : यसलाई कसले बनायो? आकाशलाई कसले बनायो ? पृथ्वीलाई कसले बनायो ? मुस्लिमले धार्मिक, प्राकृतिक र तार्किक जवाफ दिन्छ : यी सबैको सृष्टि अल्लाहले गरेका हुन् । तर शैतान यतिमै सिमित नभई एक कदम अगाडि बढेर प्रश्न गर्छ : त्यसोभए तिम्रो परमेश्वरलाई कसले सृष्टि गरेको त ? यस्तो अवस्थामा आस्थावानले वस्वसा (कुविचारहरू) लाई तीन चीजहरूद्वारा हटाउन सक्छ : अल्लाह माथि विश्वास गरेर । शैतानबाट अल्लाहको शरण लिएर । र नराम्रा विचारहरूबाट टाढा रहेर।