मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो: एक यात्रामा म नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ र एक दिन म उहाँसँग नजिक भएँ जब हामी हिँडि रहेका थियौं । अत: मैले भनेँ: हे अल्लाहका रसूल ! मलाई जन्नत (स्वर्ग) लैजाने र नरकबाट टाढा राख्ने कुरा बताइ दिनुहोस् । उहाँले भन्नुभयो : तिमीले मसित एउटा महान् कामका बारेमा सोध्यौ जो मनको लागि भारी हुन्छ । तर अल्लाहले साथ दिनु भयो भने सजिलो पनि हुन्छ । इस्लामका फराइज (अनिवार्य कर्म) हरू पुरा गर । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । दोस्रो : तिमीले दिन रातमा अनिवार्य गरिएका नमाज़ कायम गर । फजर, जोहर, असर, मग्रिब र इशा तिनका शर्त र आधार एवं वाजिबहरूका साथ।" तेस्रो: तिमीले अनिवार्य जकात निकाल, जुन इस्लामिक कानूनमा निश्चित मात्रामा पुग्ने सबै सम्पत्तिमा अनिवार्य हुन्छ र यो यसको हकदारहरूलाई दिइन्छ। चौथो: रमजानको रोजा राख, रोजा भनेको उपासनाको मनसायले खानु पिउनु र यस बाहेक रोजा तोड्ने अन्य चीजहरूबाट बिहान सूर्योदय देखि सूर्यास्तसम्म रोकिनु हो । पाँचौं: तपाईंले अल्लाहको उपासनाका लागि अल्लाहको घर मक्का जानु र हजका अर्कान ( गर्नु पर्ने अनिवार्य कामहरू) पूरा गर्नु । फेरि उहाँले भन्नुभयो: के म तिमीलाई भलाइको ढोकामा पुर्याउने माध्यमहरूको बारेमा न बताउँ ? यो ती फर्जहरू र नफ्लहरू पुरा गरेर हुन्छ : पहिलो: स्वैच्छिक (नफ्ल) उपवास, यसले मनोकांक्षाहरू र शक्तिलाई कमजोर बनाएर पापहरूमा पर्नबाट रोक्छ । दोस्रो: स्वैच्छिक दान यसले पाप गरि सकेपछि त्यसलाई हटाउँछ र यसको प्रभावलाई मेटाउँछ। तेस्रो: रातको अन्तिम तिहाइमा तहज्जुदको नमाज पढ, त्यसपछि उहाँले, अल्लाह तआलाको यो कथन पढ्नु भयो: {तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन् } अर्थात्, तिनीहरूले आफूलाई {ओछ्यानबाट} टाढा राख्ने गर्छन् । आराम गर्ने ठाउँहरूबाट, {उनीहरूले पुकारेका हुन्छन् आफ्ना पालनकर्तालाई} नमाज र दुआ जिक्र र कुरआन पढेर {डर र आशाका साथ र हामीले उनीहरूलाई दिएका कुराहरूबाट खर्च गर्दछन्, त्यसैले कसैलाई थाहा छैन तिनीहरूको आँखामा शितलताका लागि के लुकाएर राखिएको छ} अर्थात् यस्ता चिजहरू जसले उनीहरूको आँखा शितल होलान् कयामतका दिन सदा रहने वाला जन्नतमा । {बदलाको रुपमा उनीहरूका कर्महरूको जो उनीहरूले गरेका हुन् ।} तब उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: के म तिमीलाई {दीन} धर्मको असल बारेमा बताइदिउँ र त्यसको स्तम्भ जसमा यो निर्भर छ ? अनि यसको शिरका बारेमा न बताइदिउँ ? मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : (जरूर) बताउनुहोस् , हे अल्लाहका रसूल ! नबी, (सल्लल्लाहु अलैहि व सल्लम) ले, भन्नुभयो: कार्यको मूल आधार इस्लाम हो, जुन शाहदतैन (दुई कलिमा) मा समेटिएको छ। यी दुई कलिमाको माध्यमबाट व्यक्तिसँग धर्मको मूल सार रहन्छ। त्यसको स्तम्भ : नमाज हो । नमाज नभए इस्लाम हुँदैन । जसरी स्तम्भ बिना घरको कल्पना गर्न सकिदैन । अत: जसले नमाज पढ्छ उसको दीन (धर्म) दर्हो हुन्छ र उच्च हुन्छ । यसरी नै यसको जुरोको टुप्पो र यसको उच्चता अल्लाहको बोल उच्च गर्नका निमित्त अल्लाहका शत्रुहरूका साथमा जिहादद्वारा हुन्छ । त्यसपछि (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : के म तिमीलाई बितेका कुराहरूको बुद्धिमत्ता र पूर्णताको बारेमा नभनूँ? उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो जिब्रो समात्नु भयो र भन्नुभयो : यसलाई रोकेर राख र तिम्रो सरोकार नभएको कुरा न बोल । मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : के हामीले बोलेका हरेक कुरामा हामीलाई हाम्रा रब (पालनकर्ता ) ले पकड गर्नु हुन्छ र हिसाब लिनु हुन्छ र सजाय दिनु हुन्छ ?। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "तिमीलाई तिम्रो आमाले हराओस् ।" यो वाक्यले श्राप दिएको भनिदैन । अरबहरू यस्तो शब्दको प्रयोग कुनै यस्तो कुरालाई जसबाट सावधान हुनु पर्ने थियो तर सावधान नभए र वा थाहा पाउने पर्ने तर थाहा नभएको रहेछ भने भन्ने गर्छन् । फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मान्छेहरूलाई मुख घोप्ट्याएर जहन्नम (नरक) मा फ्यालिने कारण यही हो कि उनीहरू आफ्नो मुखले कुफ्रका वाक्यहरू बोल्ने गर्थे । गाली गलौच, कुरा काट्नु, कुरा लगाउनु र लाञ्छना लगाउनु आदि गर्ने गर्छन् ।