रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले "अब्दुल्लाह बिन इब्न जुदआन"को बारेमा जानकारी दिनुभएको छ । जो इस्लामपूर्व कुरैशका प्रमुखहरू मध्ये एक थियो । उनले इस्लामले गर्न प्रोत्साहित गरेका पुण्य कार्यहरु जस्तै आफन्तसँग राम्रो व्यवहार गर्नु, सुख दु:खमा नाता कायम राख्नु र गरिबहरूलाई खाना खुवाउनु जस्ता धेरै राम्रा कामहरू गरेका थिए, तर यी कर्महरूले उनलाई परलोकमा कुनै फाइदा दिने छैन । किनकि उनी मुस्लिम थिएनन् र हे मेरा प्रभु! महाप्रलयको दिनमा मेरो पापहरू क्षमा गर्नुहोला भनेर कहिल्यै बिन्ती गरेनन् ।