अबु अब्दिल्लाह जाबिर बिन अब्दुल्लाह अल-अन्सारी (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्: एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधे, "यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई त्याग्छु र यसबाहेक अरू केही गर्दिनँ भने — के म स्वर्ग (जन्नत) मा प्रवेश गर्नेछु?" उहाँले उत्तर दिनुभयो: "हो (तिमी स्वर्गमा प्रवेश गर्नेछौ)।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जसले अनिवार्य पाँच पटकको नमाज पढ्छ तर नवाफिल (अतिरिक्त र स्वैच्छिक सलाह) पढ्दैन, रमजानको व्रत बस्छ र अतिरिक्त वा स्वैच्छिक उपवासहरू बस्दैन, हलाललाई हलाल ठानेर गर्छ र हरामलाई हराम मानेर त्याग्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

explain-icon

fawaed

  • मुस्लिमले स्वर्गमा प्रवेश पाउने लक्ष्यका साथ आफ्नो कर्तव्यहरू पूरा गर्न र निषेधित चीजहरू त्याग्न उत्सुक हुनुपर्छ ।
  • वैध (हलाल) कार्य गर्ने र त्यसको वैधतालाई मान्ने र निषेधित कार्यबाट बच्ने र त्यसको अवैधता लाई मान्नेको महत्त्व ।
  • अनिवार्य कर्तव्यहरूलाई पुरा गर्नु र निषेधित चीजहरूलाई त्याग्नुले स्वर्गमा प्रवेश पाइन्छ।
explain-icon

more