रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संसारको आगो नर्कको आगोको सत्तरी भाग मध्ये एक भाग हो भन्ने कुरा बताउनुभएको छ । यसरी परलोकको आगोको तातोपन यस संसारको आगोको तापनभन्दा ६९ गुणा बढी हुनेछ, जसको प्रत्येक भाग यस संसारको आगोको तापन बराबर हुनेछ। कसैले भने, हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! नर्कबासी हरूलाई यातना दिन संसारको आगो नै पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : नर्कको आगोलाई संसारको आगोभन्दा ६९ गुणा तातो बनाइएको छ र त्यसको प्रत्येक भागको ताप संसारको आगोको ताप बराबर हुनेछ ।