नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित गीबतको व्याख्या यसरी गर्नुभएको छ : मुस्लिमको अनुपस्थितिमा उसलाई मन नपर्ने कुरा भन्नु । चाहे त्यो कुरा उसको शारीरिक संरचनासँग सम्बन्धित होस् वा उसको बानी र नैतिकतासँग, जस्तै : अन्धो, धोखेबाज र झूटो आदि त्यो गुण उसमा भए पनि । यदि त्यो गुण उसमा छैन भने, यो एक झूटा आरोप हो, जुन गीबत [चुक्ली] भन्दा ठूलो अपराध हो ।