रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : कर्महरू ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । र छ किसिमका कर्महरू यी हुन्: पहिलो प्रकार: जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छैन भने, ऊ अनिवार्य रूपले स्वर्ग मा प्रवेश गर्नेछ । दोस्रो प्रकार: र जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छ (शिर्क जस्तो महापाप गरेर मरेको छ) भने, ऊ अनिवार्य रूपले नर्कमा प्रवेश गर्नेछ, जहाँ ऊ सदासर्वदा रहनेछ। यी दुवै कार्य (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला हुन्। तेस्रो प्रकार: नियतमा आधारित भलाइ, कुनै व्यक्तिले राम्रो काम गर्ने मनसाय आफ्नो मनमा गर्यो र उसको मनसाय राम्रो थियो, साथै अल्लाहले उसको उद्देश्य पनि जान्नु हुन्थ्यो तर केही कारणवश ऊ त्यो असल काम गर्न असमर्थ भयो भने तैपनि उसको लागि एक नेकी लेखिने छ । चौथो प्रकार: यदि कुनै व्यक्तिले खराब काम गर्छ भने, उसको कर्मफलमा मात्र एउटा पाप लेखिन्छ। यी दुवै कार्यहरूमा केही थप नगरिकन कर्मको प्रतिफल कर्म अनुसार नै बराबर पाइनेछ। पाँचौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य दस असल कर्म बराबर, जसले राम्रो काम गर्ने नियत (इरादा) गर्दछ र त्यसलाई पूरा गर्दछ उसलाई एक नेकी (पुण्य) गर्दा दश गुणा बढी प्रतिफल दिइनेछ । छैटौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य सात सय असल कर्म बराबर; जसले अल्लाहको मार्गमा धन-सम्पत्ति खर्च गर्दछ,उसको त्यस एक कर्म को बदला सात सय गुणा बढी पुण्य लेखिनेछ र, यो अल्लाहको महानता र भक्तहरूप्रति उहाँको को कृपा र उदारता हो । बाँकी चार प्रकारका मानिसहरू निम्न हुन् : पहिलो: धनि र सम्पन्न व्यक्ति, जसलाई यस संसारमा प्रशस्त धनसम्पत्ति प्राप्त छ, ऊ विलासी जीवन बिताउँछ र आफ्ना सबै इच्छाहरू पूरा गर्दछ, तर परलोकमा उसले कठिनाइको सामना गर्नेछ र उसको गन्तव्य नर्क हुनेछ र त्यो धनी काफिर हो । दोस्रो: यस संसारमा कष्ट साथ जीविकोपार्जन गर्ने व्यक्ति, तर परलोकमा उसलाई प्रचुर मात्रामा सुविधा प्रदान गरिनेछ, उसको गन्तव्य स्वर्ग हुनेछ र त्यो गरीब मुअ्मिन (विश्वासी) हो । तेश्रो : यस संसार र परलोकमा दुवैमा कष्ट र अभाव भोग्ने व्यक्ति र त्यो गरिब काफिर हो । चौथो : यस संसार र परलोकमा प्रशस्त धनसम्पत्ति पाएको व्यक्ति र त्यो धनी मुअ्मिन (विश्वासी) हो ।