खुरैम बिन फातिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ। दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ । र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ । र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ। हसन - अहमदले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : कर्महरू ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । र छ किसिमका कर्महरू यी हुन्: पहिलो प्रकार: जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छैन भने, ऊ अनिवार्य रूपले स्वर्ग मा प्रवेश गर्नेछ । दोस्रो प्रकार: र जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छ (शिर्क जस्तो महापाप गरेर मरेको छ) भने, ऊ अनिवार्य रूपले नर्कमा प्रवेश गर्नेछ, जहाँ ऊ सदासर्वदा रहनेछ। यी दुवै कार्य (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला हुन्। तेस्रो प्रकार: नियतमा आधारित भलाइ, कुनै व्यक्तिले राम्रो काम गर्ने मनसाय आफ्नो मनमा गर्यो र उसको मनसाय राम्रो थियो, साथै अल्लाहले उसको उद्देश्य पनि जान्नु हुन्थ्यो तर केही कारणवश ऊ त्यो असल काम गर्न असमर्थ भयो भने तैपनि उसको लागि एक नेकी लेखिने छ । चौथो प्रकार: यदि कुनै व्यक्तिले खराब काम गर्छ भने, उसको कर्मफलमा मात्र एउटा पाप लेखिन्छ। यी दुवै कार्यहरूमा केही थप नगरिकन कर्मको प्रतिफल कर्म अनुसार नै बराबर पाइनेछ। पाँचौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य दस असल कर्म बराबर, जसले राम्रो काम गर्ने नियत (इरादा) गर्दछ र त्यसलाई पूरा गर्दछ उसलाई एक नेकी (पुण्य) गर्दा दश गुणा बढी प्रतिफल दिइनेछ । छैटौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य सात सय असल कर्म बराबर; जसले अल्लाहको मार्गमा धन-सम्पत्ति खर्च गर्दछ,उसको त्यस एक कर्म को बदला सात सय गुणा बढी पुण्य लेखिनेछ र, यो अल्लाहको महानता र भक्तहरूप्रति उहाँको को कृपा र उदारता हो । बाँकी चार प्रकारका मानिसहरू निम्न हुन् : पहिलो: धनि र सम्पन्न व्यक्ति, जसलाई यस संसारमा प्रशस्त धनसम्पत्ति प्राप्त छ, ऊ विलासी जीवन बिताउँछ र आफ्ना सबै इच्छाहरू पूरा गर्दछ, तर परलोकमा उसले कठिनाइको सामना गर्नेछ र उसको गन्तव्य नर्क हुनेछ र त्यो धनी काफिर हो । दोस्रो: यस संसारमा कष्ट साथ जीविकोपार्जन गर्ने व्यक्ति, तर परलोकमा उसलाई प्रचुर मात्रामा सुविधा प्रदान गरिनेछ, उसको गन्तव्य स्वर्ग हुनेछ र त्यो गरीब मुअ्मिन (विश्वासी) हो । तेश्रो : यस संसार र परलोकमा दुवैमा कष्ट र अभाव भोग्ने व्यक्ति र त्यो गरिब काफिर हो । चौथो : यस संसार र परलोकमा प्रशस्त धनसम्पत्ति पाएको व्यक्ति र त्यो धनी मुअ्मिन (विश्वासी) हो ।

explain-icon

fawaed

  • यस हदीसले स्पष्ट हुन्छ कि अल्लाह आफ्ना भक्तहरू प्रति अति दयालु हुनुहुन्छ र राम्रो कर्मको प्रतिफल कैयौं गुणा बढाएर प्रदान गर्नु हुन्छ ।
  • यस हदीस बाट अल्लाहको न्याय र उदारता पनि प्रष्ट हुन्छ; यसर्थ न्याय पूर्वक उहाँले एक पाप को कर्मफल एउटा मात्र लेख्नु हुन्छ ।
  • यस हदीस ले शिर्क कतिको खतरनाक हो र यसले स्वर्गबाट ​​वञ्चित राख्छ भन्ने कुराको जानकारी दिन्छ ।
  • यस हदीसमा अल्लाहको बाटोमा खर्च गर्दा कति पुण्य पाइन्छ भन्ने कुरालाई बताइएको छ।
  • अल्लाहको मार्गमा खर्च गरेको प्रतिफल सात सय गुणा देखि सुरु हुन्छ, किनकि यसले अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न मद्दत गर्दछ ।
  • यस हदीसमा विभिन्न प्रकारका मानिसहरू र तिनीहरू भित्र पाइने भिन्नताहरू बारे चर्चा गरिएको छ ।
  • यस संसारमा मुअ्मिन र काफिर (आस्तिक र नास्तिक) सबैले सूख र सुविधा पाउँछन् तर परलोकमा मुमिनहरूले मात्र सूख र सुविधा पाउनेछन् ।