रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हुदैबिया (मक्का नजिकको गाउँ) मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात पानी परेको थियो । नमाज पढिसकेपछि मानिसहरूतर्फ फर्किएर सोध्नुयो: "तिमीहरुको पालनकर्ताले के भन्नुभएको छ, तिमीहरुलाई थाहा छ ?" उहाँका साथीहरूले भने: अल्लाह र उहाँका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: अल्लाहले स्पष्ट गर्नुभएको छ कि जब वर्षा हुन्छ मानिसहरू दुई समूहमा विभाजित हुन्छन्: एक समूह जसले अल्लाहमा विश्वास गर्दछ र अर्को समूह जसले सर्वशक्तिमान् ईश्वरलाई इन्कार गर्दछ। यसर्थ, जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भयो र वर्षाको श्रेय अल्लाहलाई दिन्छ, त्यो व्यक्ति अल्लाह, यस संसारको सृष्टिकर्ता र ब्रह्माण्डको शासकमा विश्वास गर्ने हो र नक्षत्रलाई इन्कार गर्ने हो। र जसले भन्छ: फलानो तारा वा ग्रहले गर्दा वर्षा भयो; त्यो व्यक्ति ईश्वरलाई इन्कार गर्ने र ग्रहमा विश्वास गर्ने हो | यो सानो कुफ्र (अविश्वास) हो । किनभने उसले तारालाई वर्षाको श्रेय दियो, जबकि तारा नक्षत्रले गर्दा वर्षा हुन्छ भन्ने कुरा न त धार्मीक शास्त्र मा उल्लेख छ न त सांसारिक विधिले नै पुष्टि हुन्छ । तर, जसले वर्षा र अन्य लौकिक दुर्घटनाहरूलाई ताराहरूको उदय वा अस्ताउन सँग जोडदछ र त्यसलाई नै वास्तविक कारक मान्छ त्यो व्यक्ति ठूलो (खुलस्त) काफिर हो ।