नबि (सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनुभएको छ कि, कयामतको दिन उहाँ आफ्नो जलाशय (कुण्ड) नजिक हुनुहुनेछ। जहाँबाट उहाँले आफ्नो उम्मतका (समुदायका) मानिसहरू जलाशय(हौज)मा पानी पिउन आएको हेर्नुहुनेछ। र केही मानिसहरूलाई उहाँको नजिक जानबाट रोकिनेछ, तब उहाँले भन्नु हुनेछ: हे मेरो पालनकर्ता ! यिनीहरु मेरा मान्छे र मेरा उम्मती (समुदायका) हुन् ! उहाँसँग भनिनेछ: के तिमीलाई थाहा छ कि तिम्रो मृत्यु पछि उनीहरुले के के काम गरे ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए र आफ्नो धर्म त्यागेको थिए । तसर्थ न त तिनीहरू तिमीबाट हुन्, न त तिम्रो समुदायबाट ।