अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो; उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ, किनभने अल्लाहले उहाँलाई सत्यवान घोषित गर्नुभएको छ, उहाँले भन्नुभयो: तिमीहरु मध्ये प्रत्येकको सृष्टि जम्मा गरिन्छ, अर्थात् पुरुषले आफ्नी श्रीमतीसँग सहवास गर्दा, महिलाको पाठेघरमा स्खलन गरेको वीर्य चालीस दिनसम्म शुक्रकीट (नुत्फा) को रूपमा संकलित रहन्छ । त्यसपछि यो रगतको डल्लो (अलकह) बाक्लो र स्थिर रगतको रूप लिन्छ, यो दोस्रो चालीस दिनको अवधिमा हुन्छ । त्यसपछि यो चपाउन मिल्ने मासुको टुक्रा (मुज्गह) बन्छ र यो तेस्रो चालीस दिनको अवधिमा हुन्छ। त्यसपछि अल्लाहले एक स्वर्गदूत(फरिश्ता) पठाउनुहुन्छ, जसले तेस्रो चालीस दिनको अवधि समाप्त भएपछि त्यसमा आत्मा (रूह) हाल्छ। स्वर्गदूत (मलाइकह) लाई चार चीजहरू लेख्न आदेश दिइन्छ : पहिलो, उसको जीविका, जसमा उसको जीवनभरि प्राप्त हुने सम्पूर्ण आशीर्वाद र सुख-सुविधाहरू समावेश छन्। दोस्रो, उसको आयु, अर्थात् उसले यो संसारमा रहने अवधि हो। तेस्रो, उसको कर्म, जसले उसको जीवनभरि गर्ने कामहरू जनाउँछ।चौथो कुरा ऊ भाग्यमानी कि अभागी हुने यानि दुखी हुने कि सुखी ? त्यसपछि अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाएर भन्नुभयो कि एउटा व्यक्ति मानिसहरूको नजरमा स्वर्गवासीहरूको कर्म गरिरहन्छ, मानौ स्वर्ग पुग्नमा मात्र एक हात जतिको दुरी बाँकी हुन्छ र अचानक भाग्यमाको लेखा हावी हुन्छ र उसले नर्कवासीको कर्म गर्न थाल्दछ र ऊ नर्कमा जान्छ । किनभने कर्म स्वीकार गरिने शर्त भनेको त्यसमा अडिग रहनु र कर्मलाई परिवर्तन नगर्नु हो । अर्को व्यक्ति त्यो हो जसले मानिसहरूको नजरमा नर्कमा प्रवेश गर्ने कर्महरू गरिरहन्छ, मानौ उसको र नर्कको बीचमा मात्र एक हात जतिको दुरी बाँकी हुन्छ, र अचानक भाग्यको लेखा हावी हुन्छ र उसले असल कर्म गर्न थाल्दछ र स्वर्गमा प्रवेश गर्दछ ।