अबू-जर (रजियल्लाहु अन्हु) ले वर्नण गरेका छन्, उहाँ भन्नु हुन्छः मैले भने: हे अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! हौज (जलाशय) निर राखिएका (पानी पिउने) भाडाहरू कस्ता हुन्छन्? उहाँले भन्नुभयो: "कसम अल्लाहको जसको हातमा मुहम्मदको ज्यान छ, ती भाँडाहरू अँध्यारो र सफा रातमा देखिने आकाशका ताराहरू र ग्रहहरूको संख्या भन्दा बढी छन्। ती स्वर्गका भाँडाहरू हुन्, जसले त्यसबाट पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन। त्यसमा स्वर्गबाट उत्पत्ति भएका दुई वटा सानाखोला मिल्दछ, जसले यसको पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन । यसको चौडाइ यसको लम्बाइ आमनबाट एला सम्मको दूरीजत्तिकै बराबर छ, यसको पानी दूधभन्दा सेतो र मह भन्दा मीठो छ । सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खानुभयो कि, उहाँको हौजमा रहेका भाँडाहरूको संख्या आकाशका तारा र ग्रहहरूसंख्या भन्दा बढी हुनेछ, र यी तारा र ग्रहहरू अँध्यारो र बादल नभएको रातमा स्पष्ट रूपमा देखिन्छन्, किनभने जुनेली रातमा चन्द्रमाको प्रकाशले गर्द ताराहरू स्पष्ट रूपमा देखिँदैनन्, र बादल भएको रातमा बादलले आकाश छेक्ने कारणले ताराहरु देखिदैनन् । र (बताउनुभयो कि) त्यो स्वर्गको भाँडाबाट जसले त्यस जलाशयको पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्नेछैन, र त्यो नै उसको अन्तिम प्यास हुनेछ, र उहाँको हौज (जलाशय)मा स्वर्गबाट उत्पत्ति भएर बगेको दुई वटा सानाखोला मिल्दछ, र त्यस हौजको लम्बाइ र चौडाइ समान हुनेछ, र त्यसको चारै फाँट बराबर हुनेछन्, त्यस (जलाशय)को लम्बाइ सिरियाको बल्का सहरमा रहेको अम्मान र सिरियाको प्रसिद्ध सीमावर्ती सहर अइला बीचको दूरी बराबर हुनेछ, र त्यसको पानी दूधभन्दा सेतो र त्यसको स्वाद महभन्दा मीठो हुनेछ ।

explain-icon

Benefits from the Hadith

  • यस हदीसमा हौज (जलाशय) र त्यसमा भएका विभिन्न आशिषहरूको प्रमाण छ ।
  • यस हदीस बाट स्पष्ट हुन्छ कि हौज (जलाशय) निक्कै विशाल, लामो र फराकिलो हुनेछ र त्यहाँ निर ठूलो संख्यामा (पानी पिउन) कचौराहरू हुनेछन्।