मरुस्थलका एक बासिन्दाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: कयामत (प्रलय) कहिले आउँछ? उहाँले उसलाई सोध्नुभयो: तिमीले त्यसको लागि के असल कर्महरू गरेका छौ? प्रश्नकर्ताले जवाफ दिए: "मैले कयामतको तयारीमा कुनै ठूलो कर्म त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" उनले अन्य कुनै आध्यात्मिक, भौतिक वा आर्थिक उपासना बारे केही उल्लेख गरेनन्; किनकि यी सबै उपासनाहरू प्रेमका शाखा र परिणाम हुन् र ती सबै प्रेममै समाहित हुन्छन्। साथै, साँचो प्रेमले नै मानिसलाई पुण्य कर्म गर्न उत्प्रेरित गर्छ। उसको जवाफ सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: पक्कै पनि तिमी जसलाई माया गर्छौ स्वर्गमा उसैसँग हुनेछौ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा(साथी)हरूयो सुसमाचारबाट अत्यन्त खुसी भए। त्यसपछि अनस (रजियल्लाहु अन्हु) ले भने: उनी अल्लाहको नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबू बकर र उमर (रजियल्लाहु अन्हुम) लाई माया गर्छन् र उनीहरूले गरे जस्तो कर्महरू गर्न नसके पनि उहाँहरूप्रतिको प्रेमका कारण उहाँहरूसँगै हुने आशा राख्छन्।