नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामतको दिन, कुनै पनि व्यक्तिले हिसाबकिताबको मैदानबाट स्वर्ग वा नरकमा जानेछैन जबसम्म उसलाई यी कुराहररूको बारेमा सोधिदैन: पहिलो: उसको उमेरको बारेमा, उसले आफ्नो जीवन कसरी बितायो र जिवनको समय कहाँ खर्च गर्यो ? दोस्रो: उसको ज्ञानको बारेमा सोधपुछ हुनेछ कि उसले अल्लाहका लागि ज्ञान सिकेको थियो (वा अन्य कुनै उद्देश्यले)? के उसले आफ्नो ज्ञानअनुसार अभ्यास र कर्म गर्यो? अनि के उसले त्यो ज्ञान अरू मानिससम्म पुर्यायो? तेस्रो: उसको सम्पत्तिको बारेमा सोधिनेछ कि उसले कमाएको पैसा वैद्य थियो कि अवैध? अनि उसले केमा खर्च गर्यो, अल्लाहलाई प्रसन्न पर्ने कुरामा वा मन नपर्ने कुरामा ? चौथो: उसको शरीर, उसको शक्ति, उसको स्वास्थ्य र उसको युवावस्थालाई उसले कसरी प्रयोग गर्यो र कहाँ खर्च गर्यो भनेर सोधिने छ?