यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरूप्रति अल्लाहको महान कृपा र दया तथा काफिरहरूप्रति उहाँको न्याय र इन्साफ बारे वर्णन गर्नुभएको छ । र जहाँसम्म आस्थावानको कुरा छ, उसले गरेको राम्रो कर्मको प्रतिफल कहिले पनि बर्बाद हुँदैन, बरु उसलाई यस संसारमा राम्रो बदला दिइनेछ र साथसाथै उसलाई प्रदान गर्ने लागि परलोकमा ठूलो पुरस्कार सुरक्षित राखिन्छ र कुनै कुनै अवस्थामा, सारा प्रतिफल परलोकमा प्रदान गर्ने लागि नै राखिदिइन्छ। र जहाँसम्म काफिरको कुरा छ, अल्लाहले उसलाई उसको असल कर्मको बदलामा यस लोकमा राम्रो चीजहरू दिनुहुन्छ र जब ऊ परलोकमा पुग्नेछ, तब उसको लागि कुनै प्रतिफल हुनेछैन । किनकि असल कर्मबाट लाभान्वित हुनका लागि मुअ्मिन (आस्थावान) हुनु शर्त छ ।