नबी (सल्लल्लाहु अलैहि व सल्लम) पाप, शिर्क (बहुईश्वरवाद), र मानिसहरूको अधिकार हनन् गरेर गलत काम विरुद्ध चेतावनी दिँदै हुनुहुन्छ । किनकि गल्ती गर्नेलाई तुरुन्तै सजाय दिनुको सट्टा अल्लाहले उसलाई केहिबेर समय वा मौका दिनुहुन्छ, उसको जीवन र धनमा वृद्धि गर्नुहुन्छ । तर यस्तो अवस्थामा उसले पश्चात्ताप गरेन भने उसको क्रूरता बढ्दै जान्छ अनि उसलाई समात्नुहुन्छ र छोड्नु हुन्न । त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : {तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ - ।} [सूरह हूद: 102]