नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गवासी र नर्कवासीहरूको केही विशेषताहरू वर्णन गर्नुभएको छ। "कमजोर र विनम्र" व्यक्तिहरु नै स्वर्गका अधिकांश मानिसहरू हुनेछन्। यसैकारण केही मानिसहरूले तिनीहरूलाई कमजोर र तुच्छ ठान्नेछन्। तर अल्लाहको दृष्टिमा तिनीहरूको महानता यस्तो हुनेछ कि यदि तिनीहरूले अल्लाहको अनुग्रह र दयाको आशामा शपथ खाए भने, अल्लाहले तिनीहरूको शपथको सम्मान गर्नेछन् र तिनीहरूको इच्छाहरू पूरा गर्नेछन्। जबकि नर्कमा धेरैजसो मानिसहरू बदमास, झगडालु वा विद्रोही हुनेछन्, जसले कुनै पनि राम्रो कुरा सुन्ने छैनन्। त्यसैगरी अहंकारी, घमण्डी र भारी शरीर भएको हुनेछन्, जसले सत्यलाई अस्वीकार गर्नेछ र अरू मानिसहरूलाई तुच्छ ठान्नेछ।