अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कुनै खाँचोमा परेको ऋणीलाई (ऋण चुक्ता गर्न) मोहलत दिन्छ वा उसको ऋण माफ गर्छ, अल्लाहले कयामतको दिन आफ्नो अर्श (सिंहासन) को छायाँमा उसलाई छायाँ दिनेछन्, जुन दिन त्यस छायाँ बाहेक अरू कुनै छायाँ हुनेछैन ।" सही - तिर्मीजी र अहमदले वर्णन गरेका छन्
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जो व्यक्तिले कुनै ऋणीलाई राहत दिन्छ वा उसले तिर्नुपर्ने ऋणको केही भाग माफ गर्छ, त्यस्तो व्यक्तिलाई न्यायको दिनमा अल्लाहले आफ्नो सिंहासनको छायामा स्थान दिनुहुनेछ। जुन दिन सूर्य मानिसहरूको शिर नजिक आई आफ्नो तापक्रम अंझ भड्काउनेछ ।" र त्यस दिन अल्लाहले जसलाई छायाँ प्रदान गर्नुहुन्छ, त्यसबाहेक अरु कसैले पनि छायाँ पाउँनेछैनन् ।

explain-icon

Benefits from the Hadith

  • यस हदीसमा अल्लाहका सेवकहरूलाई राहत प्रदान गर्ने कार्यको महत्व र यो कार्य न्यायको दिन त्रासबाट मुक्ति दिलाउने कारणहरू मध्ये एक हो भन्ने कुराको व्याख्या गरिएको छ।
  • यस हदीसबाट प्रस्त हुन्छ कि व्यक्तिलाई उसले गरेको कर्म अनुसार नै पुरस्कृत गरिनेछ ।
explain-icon

More ...