रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरू माझ बसिरहनु भएको थियो तब उहाँले भन्नुभयो: यो त्यस समय हुनेछ जब मानिसहरूबाट ज्ञान हराउनेछ र खोसिनेछ । जियाद बिन लबीद अन्सारी (रजियल्लाहु अन्हुमा) यसबाट अचम्भित भए र उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, उहाँले भन्नुभयो: कसरी ज्ञान हराउन सक्छ र लुप्त हुनु सक्छ? जबकि हामीले कुरान पढेका छौँ र त्यो हामीले याद पनि गरेका छौँ। अल्लाहको कसम, हामी निरन्तर पढिरहनेछौँ, हाम्रा श्रीमतीहरूलाई, हाम्रा छोराछोरीलाई, र हाम्रा नातिनातिनालाई पनि पढाउनेछौँ।' जवाफमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आश्चर्य व्यक्त गर्नुभयो र भन्नुभयो: हे जियाद! तिम्री आमाले तिमीलाई गुमाइन्, म तिमीलाई मदीनाका विद्वानहरूमा गन्ने गर्थे । त्यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो, कि ज्ञान लोप हुनु भनेको कुरआन गुमाउनु होइन, बरु, ज्ञान गुमाउनु भनेको कुरानको पालनाको नगर्नु हो । किनकि यहुदी र इसाईहरू सँग पनि तौरात र इन्जील छ, तर यसले तिनीहरूलाई फाइदा पुर्याएन र तिनीहरूले ज्ञान अनुसार कर्म नगरी त्यस पुस्तकका वास्तविक उद्देश्य प्राप्त गर्न सकेनन्।