रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रलयको दिनको ठूलो निशानीहरू मध्ये यो हो कि सूर्य पूर्वबाट नउदाएर पश्चिमबाट उदाउने छ, र जब मानिसहरूले यो देख्नेछन्, तब सबैजना अल्लाह प्रति आस्तिक हुनेछन् । तर त्यसबेला, काफिर (अविश्वासी) लाई न त ईमान स्वीकार्नले कुनै फाइदा पुर्याउँछ न त पुण्यले न त पश्चात्तापले (लाभ पुर्याउँछ) । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मानिसहरू आफ्नो दिनचर्यामा व्यस्त हुनेछन् र कयामत (प्रलय) अचानक आई पर्नेछ । र प्रलयको दिन यसरी अकस्मात् आउनेछ, कि बिक्रेताले क्रेताको अगाडि (देखाउन निम्ति) कपडा फैलाउने छ, तर न त किनबेच गर्न सक्नेछन् न त पट्याउनै सक्नेछन् । र प्रलयको दिन यसरी एक्कासी आउनेछ, कि एक व्यक्तिले आफ्नो ऊँटको दूध निकालिसकेको हुनेछ, तर पिउन सक्नेछैन। र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले आफ्नो पानीको कुण्डलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान मौका पाउनेछैन । र प्रलयको दिन यसरी आई पर्नेछ, कि एक व्यक्तिले गाँस मुखतिर लगिसकेको हुनेछ, तर त्यसलाई खान सक्नेछैन ।