नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भन्नुभएको छ : यस्तो समय चाँडै नै आउने छ, जब यस्ता व्यक्तिहरू देखा पर्नेछन्, जसमध्ये एक आफ्नो ओछ्यानमा बसेको हुन्छ र उसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित हदीसको बारेमा सूचित गरिनेछ, तर उसले भन्नेछ: हामी र तिमीहरूका बीचमा फरक पार्ने कुरा पवित्र कुरआन हो, यो हाम्रो लागि पर्याप्त छ । हामीले यसमा जे वैध पाउँछौं त्यसैको अनुसरण गर्नेछौं र जे निषेधित छ, हामी त्यसबाट टाढा रहनेछौं । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभयो किय, उहाँको (हदीस) सुन्नतमा हराम वा निषेध गरेको सबै कुराहरू अल्लाहले आफ्नो पुस्तकमा निषेध गरे जस्तै नियममा छन् । किनभने उहाँ आफ्नो पालनकर्ताको दूत हुनुहुन्छ।