अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।" सही - बुखारीले वर्णन गरेका छन्
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनी द्वारा आएको कुर्आन र हदीसको ज्ञानलाई प्रसारण गर्न आदेश दिनुभएको छ, चाहे त्यो ज्ञान कुर्आन र हदीसको एक पद किन नहोस्। तर शर्त के छ भने त्यस ज्ञानको प्रचारप्रसार गर्ने व्यक्ति र त्यसको आह्वानकर्तालाई स्वयम नै त्यस कुराको जानकार हुनुपर्‍यो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "बनू इस्राएलको" समयमा भएका यस्ता घटनाहरू जुन हाम्रो शरियतसँग विरोधाभास छैन, ती कुराहरू वर्णन गर्न कुनै समस्या छैन । त्यसपछि उहाँले उनी प्रति झूट बोल्नबाट सावधान रहनु हुन सचेत गर्दै भन्नुभयो, कि जसले म बारे जानाजानी झुटो बोल्छ, उसले आफ्नो घर नर्कमा बनाओस् ।

explain-icon

Benefits from the Hadith

  • यस हदीसमा अल्लाहको धर्मतर्फ आह्वान गर्ने र मानिसले आफूले सम्झेको र बुझेको ज्ञान थोरै भए पनि अरूलाई बताउनुपर्दछ, भन्ने कुराको लागि प्रोत्साहित गरिएको छ ।
  • इल्मे-शरई (इस्लामको धार्मिक ज्ञान) प्राप्त गर्नु अनिवार्य छ; ताकि एक व्यक्तिले ठीकसँग अल्लाहको उपासना र उहाँको शरियतलाई अरू समक्ष पुर्‍याउन सकोस् ।
  • कुनै पनि हदीस अरूलाई बताउन वा प्रसारण अघि, त्यसको प्रमाणिकता सुनिश्चित गर्नुपर्छ, ताकि ऊ यो कडा चेतावनीको दायरा भित्र नपरोस् ।
  • यस हदीसले साधारण कुराकानीमा सत्य बोल्न प्रोत्साहित गर्छ र हदीस उद्धृत गर्दा होसियार रहन सचेत गर्छ, विशेषगरी अल्लाहको शरियाको मामिलामा, ताकि मानिस झूटमा नपरोस् ।
explain-icon

More ...