नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बोली र कार्यमा करुणा, नम्रता र संयमताले चीजहरूको सुन्दरता, पूर्णता र सौन्दर्यलाई बढाउँछ र यी गुणहरू भएको व्यक्तिको आवश्यकताहरू पूरा हुने सम्भावना बढी हुन्छ । जबकि कठोरताले चीजहरूलाई दोषपूर्ण र कुरूप बनाउँछ र आवश्यकता पूरा गर्ने बाटोमा अवरोध खडा गर्छ । यस्तो व्यक्तिको आवश्यकता पूरा भए पनि ठूलो दुःख कष्ट पश्चात हुन्छ ।