नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिनमा विश्वासीहरूको कर्म तौलँ गर्दा तराजुमा सबैभन्दा भारी सत्कर्म उत्तम आचरण हुनेछ, जस्तैः अनुहारमा मुस्कान, कसैलाई दुःख नदिनु र राम्रा कार्यहरू गर्नु। अल्लाहले कर्म र बोली दुवैमा अश्लील र अभद्र कुरालाई घृणा गर्नुहुन्छ, र मुखले बोल्ने अश्लील वचनलाई मन पराउनुहुन्न।