अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले, एक व्यक्तिले आफ्नो भाइलाई ‘हया’ लाजको बारेमा उपदेश दिरहेको सुने, त्यसैले उहाँले भन्नुभयो: "हया (लाज) ईमानको एक भाग हो ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिले आफ्नो भाइलाई धेरै लाज नमान्ने सल्लाह दिइरहेको सुन्नुभयो, त्यसैले उहाँले लाज ईमानको एक अंश हो र यो व्यक्तिको लागि राम्रो हो भनी स्पष्ट पार्नुभयो । हया (लाज) एक गुण हो, जसले व्यक्तिलाई राम्रो काम गर्न र खराब कामहरूबाट टाढा रहन प्रेरित गर्छ ।

explain-icon

fawaed

  • राम्रो काम गर्नबाट रोक्ने स्वभावलाई लाज नभई लाचारी, कमजोरी र कायरता भनिन्छ ।
  • अल्लाहप्रति हया भनेको उहाँको आदेशहरूको पालना गर्नु र उहाँले निषेध गर्नुभएको कुरालाई त्याग्नु हो ।
  • मानिसहरुप्रति हया भनेको उनीहरुको सम्मान गर्नु, उनीहरुलाई उचित स्थान दिनु र सामान्यतया खराब मानिने कुराहरूबाट टाढा रहनु हो ।
explain-icon

more