अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहदा एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँध्यो, त्यसपछि उसले सहाबाहरूलाई सोध्यो, तपाईंहरूमध्ये मुहम्मद को हुन्? त्यसबेला अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूको बीचमा ढल्केर बसिरहनुभएको थिए, त्यसैले हामीले भन्यौं : अडेस लगाएर बसिरहनु भएको यो सेतो मानिस उहाँ नै हुन् । त्यो व्यक्तिले उहाँलाई सम्बोधन गर्दै भन्यो: हे अब्दुल मुत्तलिब पुत्र ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस व्यक्तिलाई भन्नुभयो: म तपाईंको कुरा सुन्दै छु, सोध्नुहोस्, म तपाईंको प्रश्नको जवाफ दिनेछु। उसले रसूललाई भन्यो : म तपाईंसित केही प्रश्नहरू सोध्न जाँदैछु र म मेरो प्रश्नमा कडा हुन सक्नेछु, त्यसैले मनमा म प्रति केहि नराख्नु होला, अर्थात्, मसँग नरिसाउनु होला । उहाँले भन्नुभयो : तिमीलाई जे मन लाग्छ सोधे हुन्छ । उसले भन्यो: म तपाईंसित तपाईंको पालनकर्ता र तपाईं भन्दा पहिलेका मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: हो, अल्लाह साक्षी हुनुहुन्छ, र आफ्नो सत्यतामा जोड दिनका लागि (कसम खानु भयो) । उसले सोध्यो: म तिमीलाई अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच फर्ज नमाज पढ्न आदेश दिनुभएको छ ? उहाँले भन्नुभयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । उसले भन्यो: म तिमीलाई अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले वर्षको यो महिनामा अर्थात् रमजानको महिनामा उपवास बस्न आदेश दिनुभएको छ? उहाँले जवाफ दिनु भयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । फेरि उसले सोध्यो: म तिमीलाई अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईलाई धनी मानिसहरूबाट दान अर्थात् जकात लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनु भयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । तब जमाम बिन षाल्बाले इस्लाम स्वीकार गरे र आफ्नो समुदायलाई इस्लामतर्फ आह्वान गर्छु भनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग वाचा पनि गरे अनि मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकरको जनजाति हुँ भनेर परिचय पनि खुलाए ।