रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लाम धर्मलाई पाँच स्तम्भहरूमा खडा भएको ठोस भवनसँग तुलना गर्नुभयो र इस्लामका बाँकी विशेषताहरूलाई यस भवनका पूरक बताउनु भयो । यी पाँच स्तम्भहरू मध्ये पहिलो स्तम्भ: शहादतान (दुबै गवाही); अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद ईश्वरका दूत हुनुहुन्छ भन्ने गवाही दिनु; यी दुबै गवाहीहरू एउटै स्तम्भ हुन्, जुन एकअर्काबाट कहिले अलग हुनसक्दैन । भक्तले अल्लाह एक हुनुहुन्छ र उहाँ मात्र उपासना योग्य हुनुहुन्छ स्वीकार गर्दै आफ्नै जिब्रोले भन्नुपर्छ र यसको आशा अभिलाषालाई पुरा गर्नुपर्छ । त्यसैगरी पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मा आस्था राख्दै उहाँको अनुसरण गर्नुपर्छ । दोस्रो स्तम्भ : सलाह (नमाज) स्थापना गर्नु, दिन रातमा पाँच फर्ज नमाजहरूलाई तिनीहरूको सर्त, स्तम्भ र अनिवार्य कार्यहरूका साथ पढ्नु पर्छ । फजर, जुहर, अस्र, मगरिब र ईशा अनिवार्य सलाहहरू हुन् । तेस्रो स्तम्भ : जकात दिनु, वास्तवमा जकात एक आर्थिक उपासना हो, शरीयतले तोकेको धनसम्पत्तिमा एक निश्चित मात्रामा निकालेर हकदार मानिसहरूलाई दिइन्छ । चौथो स्तम्भ : हज गर्नु, अल्लाहको उपासनाको लागि केही विशेष कार्यहरू गर्न मक्का जाने नाम हो । पाँचौं स्तम्भ : रमजान महिनामा उपवास बस्नु । उपवास भनेको अल्लाहको उपासना गर्ने मनसायले बिहान फजर देखि सूर्यास्तसम्म उपवास तोड्ने खानेकुरा, पेय पदार्थ र अन्य चीजहरूबाट अलग रहनुको नाम हो ।