अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू लिखित रूपमा सुरक्षित राख्ने उद्देश्यले लेख्नेगर्थे । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, उहाँ एक मानव हुनुहुन्छ, रिस र खुशी दुवै अवस्थामा बोल्नुहुन्छ, उहाँबाट कहिलेकाहीं गल्ती हुन सक्छ, त्यसैले मैले लेख्न छोडें । त्यसपछि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें र उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: "तिमी लेख, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो मुखबाट रिस र खुशी हरेक परिस्थितिमा सत्य बाहेक केही निस्कँदैन ।" अल्लाहले स्वयं रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा भन्नुभएको छ: {उहाँ आफ्नो इच्छाले केही बोल्नुहुन्न । यो केवल वही (प्रकाशना) हो जुन उहाँतर्पफ पठाइएको हो} [सूरा नजम ३-४]