जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन : मलाई एक महिनाको दूरीसम्म डरले सहयोग गरिएको छ। सम्पूर्ण पृथ्वीलाई मेरो लागि उपासनास्थल र पवित्रताको माध्यम बनाइएको छ, त्यसैले मेरो उम्मतमध्ये जसले जहाँ पनि नमाजको समय पाउँछ, उसले त्यहाँ नमाज पढोस्। युद्धको धन मेरो लागि वैध गरिएको छ र मभन्दा पहिले कसैको लागि वैध थिएन। मलाई मध्यस्थता प्रदान गरिएको छ। अन्य नबीहरू आफ्नो समुदायको लागि खास गरेर पठाइएको थियो, तर मलाई सम्पूर्ण मानवजातिको लागि पैगम्बरको रूपमा पठाइएको छ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनु भयो, अल्लाह तआलाले उहाँलाई पाँचवटा चीजहरू दिनुभएको छ जुन उहाँ भन्दा पहिले कुनै पनि पैगम्बरलाई प्रदान भएको थिएन । पहिलो : मलाई त्रासद्वारा सहायता दिइएको छ, जुन मेरा शत्रुहरूको हृदयमा हालिदिएको छ, चाहे तिनीहरू र मेरो बीचमा एक महिनाको दूरी नै किन नहोस्। दोस्रो : सम्पूर्ण पृथ्वीलाई हाम्रो लागि मस्जिद बनाइएको छ ताकि हामी जहाँ चाहन्छौं त्यहाँ प्रार्थना गर्न सकौं। त्यसैगरी, पानी पाउन नसकेको अवस्थामा माटोद्वारा पवित्रता प्राप्त गर्छौं। तेस्रो : युद्धको धनमाल हाम्रो लागि वैध गरिएको छ, जुन मुस्लिमहरूले काफिरहरूसँगको युद्धमा लिन्छन्। चौथो : मलाई न्यायको दिनको भयावहबाट मानिसहरूलाई राहत दिनको लागि ठूलो मध्यस्थता (सिफारिसको हक) प्रदान गरिएको छ। पाँचौ : मलाई सबै जिन्न र मानवहरूको लागि पैगम्बरको रूपमा पठाइएको छ, जबकि मभन्दा पहिलेका पैगम्बरहरूलाई आफ्नै राष्ट्रहरूको लागि पैगम्बरको रूपमा पठाइएको थियो।

explain-icon

fawaed

  • कसैलाई भन्न वा अल्लाहलाई धन्यवाद दिनको लागि व्यक्तिले अल्लाहको वरदान बताउन सक्छ।
  • अल्लाहले यस राष्ट्र र यसका पैगम्बरलाई यी गुणहरूले कृपा गर्नुभएको छ।
  • सबै परिस्थितिमा समयमै नमाज पढ्नु अनिवार्य छ। नमाजका बाँकी शर्तहरू र त्यसका आधार एवं त्यसका वाजिब (गर्नै पर्ने कुरा) हरू सकेसम्म पुरा गर्ने ।
  • नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई विशेष रूपमा दिइएको (शिफाअत) मध्यस्थता धेरै प्रकारका छन्; जस्तैः सेवकहरू बीच हिसाबकिताब आरम्भ गर्न मध्यस्थता, स्वर्गवासीहरूलाई स्वर्गमा प्रवेश गराउनको लागि मध्यस्थता। त्यसैगरी आफ्नो काका अबु तालिबको सजाय कम गर्न मध्यस्थता । याद राख्नुहोस्, अबु तालिबलाई नर्कबाट निकाल्नको लागि तपाईं मध्यस्थता गर्नुहुन्न, किनकि उनको निधन कुफ्र (अविश्वास) को अवस्थामा भएको थियो ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) का धेरै विशेषताहरू छन्, जुन यस हदीसमा उल्लेख गरिएका छैनन्, जस्तै सबैभन्दा छोटो शब्दमा व्यापक कुरा बोल्ने क्षमता, उहाँ सम्पूर्ण दूतहरूको समापक हुनुहुन्छ र हाम्रो (नमाजको लागि लगाइने) पंक्ति फरिश्ताहरूको पंक्ति जस्तो बनाइयो र अन्य विशेषताहरू।