इब्न अब्बासले बताए अनुसार, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई अल्लाहको वाणी (वही) प्राप्त भयो र रसूल (ईशदूत) बनाइयो, त्यतिबेला उहाँ ४० वर्षका हुनुहुन्थ्यो। वही प्राप्त गरेपछि उहाँले १३ वर्ष (इस्लामको प्रचारप्रसारमा) मक्कामा बिताउनुभयो। त्यसपछि उहाँलाई मदिना बसाइँ सर्न आदेश भयो र उहाँले १० वर्ष मदिनामा बिताउनुभयो। अन्त्यमा, उहाँको ६३ वर्षको उमेरमा देहान्त भयो।"