एक प्रतिनिधिमण्डल रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो। त्यहाँ पुगेपछि उनीहरूले उहाँको प्रशंसामा केही यस्ता कुरा भने, जुन उहाँलाई मन परेन। उनीहरूले भने : तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक) हुनुहुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई भन्नुभयो : "(वास्तविक र सत्य) सय्यिद (मालिक) अल्लाह हुनुहुन्छ ।" सृष्टि र ब्रह्माण्डमा उहाँको पूर्ण प्रभुत्व छ र सम्पूर्ण सृष्टि उहाँका दाससरह हुन् । उनीहरूले भने : " तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ र सबैभन्दा उच्च पद, सम्मान र विशेषता भएका हुनुहुन्छ, त्यसैगरी "हजुर हामीमध्ये सर्वाधिक महत्त्वपूर्ण र हामीमध्ये सबैभन्दा बढी उदार, गौरवशाली र सर्वोच्च हुनुहुन्छ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले (यो सबै सुनेर) तिनीहरूलाई आफ्ना सामान्य रुपमा बोलिने शब्दहरू बोल्न र शब्दहरूमा कृत्रिमताको प्रयोग नगर्न निर्देशन दिनुभयो। उहाँले थप भन्नुभयो कि शैतानले उहाँहरूलाई अतिशयोक्तिपूर्ण प्रशंसा र शब्दहरू बोल्नतर्फ बहकाउन सक्छ, जसले शिर्क र त्यसका साधनहरूतर्फ डोर्याउँछ।