अल्लाहले आफ्ना केही सेवकहरूलाई माया गर्नुहुन्छ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ । जसमध्ये एउटा मुत्तकी (धर्मपरायण) हो, अर्थात् अल्लाहको आदेशको पालना गर्ने र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहने व्यक्ति । दोस्रो गनी (आत्मसन्तुष्ट) व्यक्ति हो, जसले अल्लाह बाहेक अरु कसैसित केही माग्दैन र आफ्नो आवश्यकता हरू अन्य मानिससँग व्यक्त गर्दैन । तेस्रो - उहाँले खफी (गोप्य र साधारण) व्यक्तिलाई माया गर्नुहुन्छ : जसले आफ्नो पालनकर्ताको उपासना गर्दछ, राम्रो काममा व्यस्त रहन्छ र कसैले उसलाई चिनोस् वा प्रशंसा गरोस् भनेर ध्यान दिँदैन ।