"नबी (सल्लल्लाहु अलैहि वसल्लम)को स्वभावमा कहिल्यै खराब बोल्ने वा नराम्रो कार्य गर्नु समावेश थिएन। उहाँले न यसो गर्न चाहनु हुन्थ्यो, न त जानाजानी यसमा संलग्न हुनुहुन्थ्यो। उहाँ साँच्चै महान् नैतिकता भएका व्यक्ति हुनुहुन्थ्यो।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्थ्यो : अल्लाहको नजरमा तिमीहरु मध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जसको नैतिकता सबैभन्दा राम्रो हो । राम्रो व्यवहार भनेको अरुको भलाइ गर्नु, राम्रो कुरा गर्नु, मुस्कुराएर भेट्नु, कसैलाई दु:ख नदिनु, अरुले चोट पुर्यायो भने धैर्य गर्नु र मानिसहरुसँग घुलमिल भएर बस्नु नै हो ।