अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले आफ्नो भाइको इज्जत र मर्यादाको रक्षा गर्छ, अल्लाहले उसलाई न्यायको दिन नरकको आगोबाट बचाउनुहुनेछ ।" सही - तिर्मीजी र अहमदले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो मुस्लिम भाइको अनुपस्थितिमा उसको इज्जत र मर्यादाको रक्षा गर्दछ, अल्लाहले न्यायको दिन उसलाई सजायबाट टाढा राख्नुहुन्छ ।

explain-icon

fawaed

  • मुस्लिमहरूको इज्जत र प्रतिष्ठामा हानि पुर्याउने कुनै पनि कुरा बोल्न निषेध गरिएको छ ।
  • मानिसलाई उसको कर्म अनुसार बदला दिइन्छ। तसर्थ, जसले आफ्नो भाइको इज्जतको रक्षा गर्छ, अल्लाहले उसलाई नरकको आगोबाट बचाउनुहुनेछ ।
  • इस्लाम आपसी भाइचारा र सहयोगको धर्म हो ।