आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "मुमिनले आफ्ना राम्रा चरित्र र व्यवहारका कारण दिनभरी व्रत बस्ने र राती तहज्जुदको नमाज पढ्ने व्यक्तिको स्थान प्राप्त गर्दछ ।" शवाहिद (गवाहहरु) ले गर्दा सही हो - अबू दाउद र अहमदले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, राम्रो व्यवहारले व्यक्तिलाई निरन्तर रोजा राख्ने र तहज्जुद पढ्ने व्यक्तिको स्थानमा पुर्‍याउँछ । राम्रा व्यवहार भनेको अरुको भलाइ गर्नु, राम्रो कुरा गर्नु, मुस्कुराएर भेट्नु, कसैलाई दु:ख नदिनु र अरुले चोट पुर्याउँछ भने धैर्य गर्नु हो ।

explain-icon

fawaed

  • इस्लामले मानवको दैनिक व्यवहारलाई श्रेष्ठ र पूर्ण बनाउनमा धेरै ध्यान दिएको छ ।
  • राम्रा व्यवहारको महत्व यति धेरै छ, यसबाट मानिसले निरन्तर व्रत बस्ने र थकित नभई तहज्जुद पढ्ने व्यक्तिको दर्जा प्राप्त गर्छ ।
  • दिनमा व्रत बस्नु र राति तहज्जुद पढ्नु दुवै महान् कर्म हुन्, जसका लागि आत्माले ठूलो कष्ट सहनुपर्ने हुन्छ । तर राम्रो व्यवहार भएको व्यक्ति यी दुई कार्य गर्ने व्यक्तिको बराबर हुन्छ, किनकि आफूलाई राम्रो व्यवहारमा लगाउनु संघर्षको काम हो।