अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमलाई उसको मुस्लिम भाइसँग भलाइ गर्ने सल्लाह दिनुभएको छ र उसप्रति केही जिम्मेवारीहरू र शिष्टाचारहरू स्पष्ट गर्नुभएको छ। उदाहरणका लागि: पहिलो सल्लाह: एकअर्काप्रति ईर्ष्या नगर्नुहोस्, अर्थात् एकअर्काको उपलब्धि वा वरदान गुम्ने चाहना वा भावना नराख्नुहोस्। दोश्रो सल्लाह: यदि कसैले केही किन्ने योजना बनाएको छैन भने, बेच्ने व्यक्तिको नाफा बढाउन वा किन्नेलाई नोक्सान पुर्याउनको लागि मूल्य नबढाओस्। तेश्रो सल्लाह: एकअर्काप्रति घृणा नराख्नुहोस्। घृणा भन्नाले कसैलाई हानि पुर्याउने सोच राख्नु हो। घृणा प्रेमको विपरीत हो। तर, अल्लाहको मार्गमा घृणा राख्नु भने यसमा समावेश छैन; अल्लाहको लागि घृणा राख्नु आवश्यक छ। चौथो सल्लाह: एकअर्काप्रति पिठ्यूँ नफर्काउनहोस् जसले गर्दा हरेकले आफ्नो मुस्लिम भाईलाई नजरअन्दाज गरोस् वा टाढा बसोस्। पाँचौं सल्लाह: तपाईंमध्ये कसैले पनि अर्को व्यक्तिको बिक्रीमा छलकपट नगर्नुहोस्, जस्तो कि खरिदकर्तालाई भन्नु — “मेरो यहाँ यस्तै सामान छ, तर कम मूल्यमा वा गुणस्तरीय राम्रो छ।” त्यसपछि, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा समग्र सल्लाह दिनुभयो र भन्नुभयो: “तपाईंहरू भाइझैं हुनुहोस् — माथि उल्लेखित निषेधहरू कार्यहरु त्यागेर, माया, कोमलता, करुणा, मिलनसारिता र भलाइमा सहयोग प्रदर्शन गरेर, हृदय सफा राख्दै र हरेक अवस्थामा सल्लाह दिँदै रहनुहोस्।” यस भाइचाराका आवश्यक तत्वहरू मध्ये छन्: उसले आफ्नो मुस्लिम भाइमाथि अन्याय नगरोस् र उसलाई हानी नपुर्याओस्। आफ्नो मुस्लिम भाई अन्यायमा परेको अवस्थामा त्यहाँ उसलाई छोडेर नजाओस् जहाँ उसले उसको पक्ष लिन सक्थ्यो र अन्याय हटाउन सक्थ्यो। उसले आफ्नो मुस्लिम भाइलाई तुच्छ ठान्दैन, उसको अपमान गर्दैन र अवहेलना गर्दैन वा घृणाको नजरले हेर्दैन; यस्तो नकारात्मक व्यवहार हृदयमा अहंकारको परिणाम हुनेगर्दछ। यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तीन पटक भन्नुभयो ईशभय (ताक्वा) हृदयमा हुन्छ। जसको हृदयमा तक्वा हुन्छ र राम्रो चरित्रको पालन गर्दै अल्लाहको भय तथा उसको सतर्कता आवश्यक ठान्छ भने उसले कुनै मुस्लिमलाई तुच्छ ठान्न सक्दैन। कुनै व्यक्तिको खराब वा नराम्रो चरित्र हुनुको लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठान्छ, जुन हृदयमा रहेको अहंकार र घमण्डको परिणाम हो। तत्पश्चात्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले बताइएको कुरा पुनः पुष्टि गर्नुभयो कि प्रत्येक मुस्लिम माथि अर्को मुस्लिमका निम्न कुरा हराम (वर्जित) छन: उसको रगत: उसमाथि आक्रमण गर्नु, हत्या गर्नु वा ज्यानमाथिको अन्य हानिकारक कार्य जस्तै घाउ चोट पुर्याउनु वा हिर्काउनु। उसको सम्पत्ति: उसको अधिकार विपरीत वा अनाहक कुनै कुरा लिनु। उसको इज्जत: उसको व्यक्तित्व वा वंशजगतप्रति अपमानजनक वा अशोभनीय भाषा प्रयोग गर्नु।