अबू हुरैरा (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नमाजको एक भाग बयान गर्दै भनेका छन् । उहाँ जब नमाजको लागि उभिनुहुन्थ्यो, तब उहाँ तकबीर तहरीमा(अल्लाहु अक्बर) भन्नुहुन्थ्यो । त्यसपछि रुकुमा जाँदा, सजदा गर्दा, रुकुबाट टाउको उठाउँदा, दोस्रो सज्दामा जाँदा, दोस्रो सज्दाबाट शिर उठाउँदा र तशह्हुदको लागि बस्दा र तीन वा चार रक्अतको नमाज मा तेस्रो र चौथो रक्अतको लागि उभिने बेला तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रक्अतमा तकबीर भन्नुहुन्थ्यो । रुकुबाट उठ्दा ‘समिअल्लाह लिमन हमिदह’ र ‘रब्बना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि अबू हुरैरा (रजियल्लाहु अन्हु) ले भने : म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँ (स.) यस संसार बाट बिदा भए ।