रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मिन्बर कुन काठले बनाइएको हो विषयमा बहस र विवाद गरेपछि केही मानिसहरू एक जना सहाबी सहल बिन साद कहाँ आए र यसको बारेमा सोधे । उनले भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला जोसँग एउटा सिकर्मी थियो एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन्नुभयो, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ भनेर संदेश पठाउनुभयो । उनले उहाँको आदेशको पालना गर्दै आफ्नो दासलाई काठको मिम्बर बनाउन आदेश दिइन् । जब मिम्बर तयार भयो, ती महिलाले यसलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् । त्यसपछि उहाँले त्यसलाई मस्जिद भित्रको एक स्थानमा राख्न आदेश दिनुभयो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्नुभयो । त्यसमा उभिएर तकबीर भन्नुभयो, रुकु गर्नुभयो, त्यसपछि मिन्बरबाट मुख पछाडि नफर्काइ पछि सर्दै ओर्लिनुभयो, मिम्बरको नजिकै सज्दा गरेर फेरि मिम्बरमा फर्किनुभयो । जब नमाज पूरा भएपछि उहाँले मानिसहरूतर्फ फर्केर सम्बोधन गर्नुभयो र भन्नुभयो: तपाईंहरूले मलाई देखेर मेरो सलाह (नमाज) सिक्न सक्छौ भनेर मैले यसो गरेको हो ।