हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो । सही - अबू दाउद, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा बस्दा : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो र यसलाई बारम्बार दोहोर्याउनुहुन्थ्यो । "रब्बिग्-फिर्ली" को अर्थ : सेवकले आफ्ना पापहरू मेटाउन र आफ्ना कमजोरीहरू ढाक्नका लागि आफ्नो परमेश्‍वरलाई अनुरोध गर्नु हो ।

explain-icon

Benefits from the Hadith

  • फर्ज र नफिल नमाजमा दुई सजदाको बीचमा यो दुआ पढ्नु मुस्तहब हो ।
  • "रब्बिग्-फिर्ली" एक पटक पढ्नु अनिवार्य हो र एक पटक भन्दा बढी पढ्नु मुस्तहब हो ।