अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।" सही - इब्ने हिब्बानले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबैभन्दा खराब चोर त्यो हो जसले आफ्नो नमाजमा चोरी गर्छ । किनभने अर्काको सम्पत्ति चोरेर मानिसले सांसारिक फाइदा लिन सक्छ तर नमाज मा चोरी गर्नेले आफ्नो हकको पुण्य र इनाम चोर्छ । सहाबाहरूले सोधे, हे अल्लाहका रसूल ! नमाजमा चोरी गर्नुको अर्थ के हो? उहाँले जवाफ दिनुभयो: यसको मतलब भनेको व्यक्तिले रुकुअ र सज्दा पूर्ण रूपमा नगर्नु हो; अर्थात् छिटो छिटो रुकुअ र सज्दा गर्ने र सुन्नत अनुसार नगर्ने हो ।

explain-icon

fawaed

  • राम्रोसँग नमाज पढ्नु र यसका अनिवार्य कुराहरुलाई ध्यानमग्नका साथ गर्नुको महत्त्व ।
  • रुकु र सज्दा पूर्णतया नगर्नेलाई चोर भन्नु भनेको यसप्रति घृणा जगाउन र यसो गर्नू निषेधित हो भनेर चेतावनी दिन हो ।
  • रुकु र सज्दा पूर्ण रूपमा सही तरिकाले गर्नु वाजिब हो ।