अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ, यदि कुनै व्यक्तिले कुनै फर्ज नमाज पढ्न बिर्सियो र त्यसको समय सकियो भने याद आउने बित्तिकै ढिलो नगरीकन त्यसलाई पढ्नु पर्छ । वास्तवमा, समयमा नमाज नपढेको पाप मेटाउने एकमात्र उपाय भनेको याद आउने बित्तिकै यसलाई पढ्नु हो । अल्लाहले पवित्र कुर्नआनमा भन्नुभएको छ: "र मेरो सम्झनाको लागि नमाज स्थापना गर ।" [ताहा: १४] अर्थात्, बिर्सिएको नमाजलाई सम्झँदाका साथ पढ्नु ।

explain-icon

fawaed

  • इस्लाममा नमाजको महत्त्व र समयमानै नमाज पढ्न वा छुट्यो भने कजा (पछि पढ्नु) गर्नमा अल्छी वा लापरवाही नगर्न चेतावनी ।
  • कुनै वैध कारण बिना नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो गर्न अनुमति छैन ।
  • बिर्सने व्यक्तिले याद आउनसाथ र सुतेको व्यक्तिले उठ्दा अनिवार्य रुपमा नमाज पढ्नु पर्छ ।
  • निषेधित समयमा पनि छुटेको नमाज तुरुन्तै पढ्नु पर्ने अनिवार्यता ।