बरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमी सज्दा गर्छौ, आफ्नो हत्केला भुइँमा राख र कुहिनाहरू माथि उठाऊ।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाजको समयमा दुवै हातलाई सज्दाको अवस्थामा कसरी राख्ने भनेर व्याख्या गर्नुभएको छ। उहाँले दुवै हत्केलाहरू जमिनमा राम्रोसँग राख्नु पर्छ, औंलाहरू एकसाथ जोड्नु पर्छ र किब्लातर्फ फर्काउनु पर्छ, दुवै कुहिनाहरू जमिनबाट माथि र छेउबाट टाढा राख्नु पर्छ भनेर व्याख्या गर्नुभयो।

explain-icon

fawaed

  • नमाज़ पढ्ने व्यक्तिले दुवै हत्केलालाई जमिनमा राख्नु अनिवार्य छ। किनभने हत्केला सज्दाका सात अंगहरू मध्येका हुन्।
  • दुवै हात जमिनबाट माथि उठाउनु मुस्तहब हो र तिनीहरूलाई जनावर जस्तै फैलाउनु मकरुह हो।
  • इबादतमा उत्साह, शक्ति र इच्छाशक्ति झल्काउनु पर्छ ।
  • जब प्रार्थना गर्ने व्यक्तिले आफ्नो शरीरका सबै अंगहरूलाई भुइँमा राख्छ, तब उसको शरीरको प्रत्येक अंग उपासनामा संलग्न हुन्छ।
explain-icon

more