जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो टाउको उठाउनुहुन्थ्यो, तब उहाँले भन्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह् ।’ अर्थात् जसले अल्लाहको प्रशंसा गर्छ, अल्लाहले उसको प्रशंसा स्वीकार गर्नुहुन्छ र उसलाई इनाम दिनुहुन्छ । त्यसपछि निम्न शब्दहरूद्वारा अल्लाहको प्रशंसा गर्नुहुन्थ्यो: ‘अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ माशिअत मिन शैइन् बाअदु ।' अर्थात्, अल्लाहको प्रशंसा आकाश, पृथ्वी र तिनीहरू बीचमा जे छ त्यो बराबर छ र त्यसपछि अल्लाहले जे चाहनुहुन्छ ती सबै चीजहरूको विस्तार बराबर छ ।