अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) बताउँछन्, एक दिन उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि सवार थिए जब उहाँले भन्नुभयो : म तिमीलाई केही कुराहरू सिकाउनेछु जुनबाट अल्लाहले तिमीलाई फाइदा पुर्याउनु हुनेछ: अल्लाहको आदेशहरूको पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहँदै अल्लाहलाई याद राख। अल्लाहको नजिक ल्याउने पुण्य कर्ममा संलग्न रहेर र उहाँको अवज्ञा र पापहरूबाट बच्ने प्रयास गर। यदि तिमीले यसो गर्यौ भने, बदलामा अल्लाहले तिमीलाई संसार र परलोकको अप्रिय चीजहरूबाट बचाउनुहुनेछ र तिमीलाई जहाँ भए पनि उहाँले मद्दत गर्नुहुनेछ । जब केही माग्न चाहन्छौ भने अल्लाह बाहेक अरु कसैसँग नमाग । किनभने उहाँले मात्र माग्नेहरूको इच्छा र मनोकामना पूरा गर्नुहुन्छ । जब मद्दत चाहिन्छ भने अल्लाह बाहेक अरु कसैसँग नखोज । तिम्रो मनमा दृढ विश्वास हुनुपर्छ, यदि पृथ्वीका सबै मानिसहरूले तिम्रो भलो गर्न चाहन्छन् भने अल्लाहले तिम्रो भाग्यमा जति लेखेको छ, त्यति मात्र गर्न सक्छन् र पृथ्वीमा बस्ने सबै मानिसले तिमीलाई नराम्रो गर्न चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी गर्न सक्दैनन् । अल्लाहले यी सबै कुराहरू आफ्नो बुद्धि र अग्रिम ज्ञान अनुसार लेख्नुभएको छ र अल्लाहले लेख्नुभएको कुराहरूमा कुनै परिवर्तन सम्भव छैन ।