रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि अल्लाहले आकाश र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले सबै प्राणीहरूको जीवन, मृत्यु र जीविकोपार्जन आदि इत्यादि बारे विस्तृत रूपमा लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नु भएको थियो । यी सबै कुरा अल्लाहको इच्छा र आदेश अनुसार घटित हुनेछन्। त्यसैले (यो संसारमा) जेजसो भैरहेको छ, त्यो अल्लाह तआलाको इच्छा र निर्णयअनुसार भईरहेको छ । त्यसैले भक्तले जुन दु:ख र कष्ट भोग्दछ, त्यो उसित हुने नै थियो र जसबाट जोगिन्छ भनी लेखिएको छ त्यो उसित कहिल्यै हुने छैन।