अबू-बकरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक व्यक्ति हत्यारा भएकाले नरकमा गयो तर पीडितको के दोष?" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उसको मनसाय पनि त हत्या गर्नु नै थियो।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब दुई मुस्लिम हातमा तरवार लिएर लड्छन् र एक अर्काको ज्यान लिन चाहन्छन्, त्यस अवस्थामा हत्यारा आफ्नो साथीको हत्याको कारण नरकमा जान्छ । तर मृतक पनि किन नरकमा जान्छ?" यो कुरा सहाबाहरूले स्पष्ट रूपमा बुझ्न सकेनन्, त्यसैले उहाँसामु जिज्ञासा राखे। त्यसको उत्तरमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, ऊ पनि नरकमा जान्छ, किनभने उसले पनि अर्को व्यक्तिलाई मार्ने इच्छा राखेको थियो, तर आफ्नो उद्देश्यमा सफल हुन सकेन, किनभने उसको प्रतिद्वन्द्वीले उसलाई पहिले नै मार दियो ।

explain-icon

Benefits from the Hadith

  • यसबाट स्पष्ट हुन्छ कि जो व्यक्ति आफ्नो मनबाट पाप गर्न दृढ संकल्प गर्दछ र त्यसका लागि साधन प्रयोग गर्दछ, ऊ दण्डको हकदार हुन्छ।
  • यस हदीसमा मुसलमानहरूलाई आपसमा लडाई [वा मारकाट] नगर्न कडा चेतावनी दिइएको छ र लडाइँ गर्नेहरूलाई नरकको सजाय हुने धम्की दिइएको छ।
  • मुसलमानहरू बीचको जायज लडाइँ, जस्तै विद्रोही र भ्रष्टहरू विरुद्धको लडाइँ, यस चेतावनीमा पर्दैन।
  • ठूलो पाप गर्ने व्यक्तिलाई केवल पाप गर्नाले काफिर मानिने छैन, किनकि रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले आपसमा लडाईँ गर्ने दुई व्यक्तिलाई मुस्लिम भन्नुभएको छ1।
  • जब दुई मुस्लिमहरू मार्न सक्ने कुनै पनि उपकरणको साथ आमनेसामने हुन्छन् र तीमध्ये एकले अर्कोको ज्यान लिन्छ, तब हत्यारा र मारिएका दुवै नरकको भागीदार हुनेछन्। यस हदीसमा तरवारलाई उदाहरणको रूपमा मात्र प्रस्तुत गरिएको छ।