अनस (रजियल्लाहु अन्हु) ले भन्नुहुन्छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ गर्नुहुन्थ्यो: ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’, जसको अर्थ हो: "हे हृदयहरू परिवर्तन गर्ने मेरो पालनकर्ता! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस्।" मैले भनेँ: "हे अल्लाहका रसूल! हामीले तपाईं र तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गरेका छौं। के तैपनि तपाईं हाम्रो बारेमा डराउनुहुन्छ?" उहाँले भन्नुभयो: "हो, निस्सन्देह हृदयहरू अल्लाहका दुई औंलाहरू बीचमा छन्। उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ, फेर्नुहुन्छ।" सही - तिर्मीजी र अहमदले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः धर्म र आज्ञाकारितामा अडिग रहन तथा पथभ्रष्टता र कुमार्ग बाट टाढा हुन दुआ (प्रार्थना) गर्नुहुन्थ्यो । अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो दुआ (प्रार्थना) अत्यन्तै धेरै पढिरहेको देखेर आश्चर्य मान्नुभयो । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई भन्नुभयो: "मानिसहरूको हृदय अल्लाहका दुई औंलाहरूका बीचमा हुन्छ। उहाँले तिनलाई जसरी चाहनुहुन्छ, त्यसरी पल्टाइदिनुहुन्छ। वास्तवमा, हृदय ईमान (आस्था) र कुफ्र (अविश्वास) दुवैको केन्द्र हो। यसको अत्यधिक परिवर्तनशील स्वभावका कारण यसलाई 'हृदय' (क़ल्ब) भनिएको हो; यो उम्लिरहेको भाँडोभन्दा पनि बढी पल्टिने खतरामा रहन्छ। अल्लाहले जसलाई चाहनुहुन्छ, उसको हृदयलाई मार्गदर्शन र धर्ममा अडिग राख्नुहुन्छ, र जसलाई चाहनुहुन्छ, उसको हृदयलाई पथभ्रष्टता र भ्रामकतातर्फ फर्काइदिनु हुन्छ।

explain-icon

fawaed

  • यसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अल्लाहप्रति नम्रता र पूर्ण समर्पणलाई दर्शाउँछ, साथै उहाँले उम्मतीहरूलाई पनि त्यही प्रार्थना (दुआ) गर्नका लागि मार्गदर्शन गर्नुभयो।
  • यसमा धर्ममा अडिग रहनु र स्थिर रहनुको महत्त्व स्पष्ट गरिएको छ तथा जीवनको अन्तिम अवस्था (खातिमा) नै निर्णायक हुन्छ भन्ने कुरा बुझाइएको छ।
  • मानिसलाई इस्लाम (सत्य मार्ग) मा दृढतापूर्वक कायम रहनका लागि अल्लाहको सहायता हरेक क्षणका लागि अपरिहार्य हुन्छ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पालना गर्दै यो दुआ धेरै पढ्न प्रोत्साहित गरिएको छ ।
  • इस्लाममाथि दृढतापूर्वक कायम रहनु नै सबैभन्दा ठूलो ईश्वरीय वरदान हो, जसका लागि प्रत्येक व्यक्तिले निरन्तर प्रयास गरिरहनुपर्छ र आफ्नो सृष्टिकर्ताप्रति सदैव कृतज्ञ रहनुपर्छ।
explain-icon

more